बेइजिङ- चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र आसियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताएका छन्।
उनले आइतबार थाइल्यान्डको बैंककमा चीन र आसियान राष्ट्रका सदस्यहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताएका हुन्।
गत वर्ष उनले तीन वर्षभित्र दक्षिण चीन महासागर कारवाई नियम (सिओसी) सम्पन्न हुने उनले विश्वास व्यक्त गरेका थिए। करिब एक वर्षको छोटो समयमा विभिन्न पक्षहरूले निर्धारित समय अगावै पहिलो चरणको कार्य सिध्याएर दोस्रो चरणको कार्य आरम्भ गरेका छन्।
विभिन्न पक्षहरूले निर्धारित समयतालिका बमोजिम सक्रियताका साथ आपसी छलफललाई अघि बढाएर सन् २०२० को अन्त्य हुनुअघि दोस्रो चरणको कार्यलाई सिध्याउन सक्ने आशा पनि उनले व्यक्त गरे। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।