नयाँ दिल्ली- दक्षिण भारतीय राज्य तमिलनाडुको सत्ताधारी दल अन्ना द्रविडा मुन्नेत्रा खाजघामका विभिन्न १८ जना सांसदले मद्रास उच्च अदालतमा निवेदन दिएका छन्। सभामुख पि धनपालले कानुन विपरीत आफूहरूलाई अयोग्यको बिल्ला भिराएको भन्दै ती सांसदहरु मंगलबार अदालतको ढोका ढकढक्याउन पुगेका हुन्।
सांसदहरूको निवेदन उपर सम्भवत: बुधबार सुनुवाइ हुनेछ।
राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमा समेत वर्तमान मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दाबी गरिएको छ। अयोग्य ठहर गरिएका १८ जना सांसदले न त आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएको जनाएका छन्।
गतवर्ष आकस्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिलनाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।