नयाँ दिल्ली- दिल्ली काङ्ग्रेसका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्य उच्च बनाएको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने जनाएको छ।
पेट्रोलियम पदार्थमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री केजरीवालका दलले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको विषय मानव साङ्लो प्रदर्शनमार्फत सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको उक्त दलका दिल्ली इकाइ प्रमुख अजय माकेनले बताए।
विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले दिल्लीको ट्राफिकलाई प्रभावित नतुल्याउने माकेनले एक पत्रकारसम्मेलनमा जानकारी गराए।
पेट्रोल तथा डिजेलमा मोदी सरकारले विगत तीन वर्षमा ११ पटक मूल्यवृद्धि गरेको दाबी गरे। 'पेट्रोल र डिजेलमा क्रमशः ५१.७८ र ४४. ४० भारतीय रूपैयाँ विभिन्न करका रूपमा लिने गरिएको छ,' उनले भने।
दिल्लीमा अहिले पेट्रोलको प्रति लिटर ७०.५२ भारतीय रूपैयाँ र डिजेल प्रतिलिटर ५८.८५ भारतीय रूपैयाँ पर्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।