काठमाडौं – एमालेले मन्त्री आफ्नो भागमा परेका १० मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ।
बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठले मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए।
उनका अनुसार एमालेमो भूगोल तथा सामाजिक सन्तुलन, योग्यता, क्षमता र पार्टीमा गरेको योगदानका आधार मन्त्री छानिने छन्। एमालेले मधेशवादी दललाई पनि सरकारमा ल्याउन पहल गर्ने निर्णय पनि गरेको उनले बताए। एमालेमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई छान्ने जिम्मा दिइएको हो। एमालेले १० मन्त्रालय पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।