काठमाडौं– सबैलाई भ्रम हुन सक्छ रंगको तिहार मानिने होली नेपाल र भारतमा मात्र निकै प्रसिद्ध छ। तर होइन, अमेरिकाको स्पेनिश फोर्कमा निमार्ण भएको इस्कोन मन्दिरमा होली ठूलो स्तरमा मनाउने गरिन्छ।
राधा–कृष्ण मन्दिरमा मनाउने होलीमा ३५ देखि ४० हजार व्यक्तिको सहभागिता रहने ‘फेस्टिभल अफ कलर’ का प्रवक्ताले बताएका छन्। एकै ठाउँमा यति ठूलो संख्यामा सायदै कुनै ठाउँमा मानिसहरूको भीड जम्मा हुने गरेको छ।
अमेरिकाको उदा राज्यको स्पेनिस फोर्कबाहेक ११ अन्य ठाउँमा पनि होली धुमधामसँग मनाउने गरिन्छ। होली आयोजनोकका अनुसार होली धार्मिक नभएर आध्यात्मिक पर्व हो। यसमा धर्मको कुनै अंश छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।