काठमाडौं- एमाले स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बैठक सुरु हुने भएको हो।
बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको छ। सरकार गठन भएको एक साता बितिसक्दा समेत सरकार विस्तार हुन सकेको छैन। मन्त्रीहरुका आकांक्षी धेरै भएपछि एमाले नेतृत्वले समेत मन्त्री छान्न सकेको छैन।
नयाँ सरकारमा १८ वटा मन्त्रालय राख्ने निर्णय गरेका वाम गठबन्धनमध्ये एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादीले ७ मन्त्रालय राख्ने तयारी छ। एक मन्त्रालय मधेसकेन्द्रित दललाई दिने तयारी गरिएको एमालेका एक नेताले बताए।
मन्त्रालयको अन्तिम बाँडफाँट सकेर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी ओलीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।