काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज ६६औं जन्मदिन परेको छ। यो जन्मदिनलाई विशेष बनाउने एमालेको तयारी छ।
स्रोतका अनुसार स्थायी कमिटी बैठकमा जन्मदिन मनाउने तयारी गरिएको हो। बैठक सुरु हुनुअघि केक काट्न लागिएको छ। जन्मदिनकै अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ।
मन्त्री छान्नकै लागि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।