काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयका तीन नेतालाई कारबाही गरिएको छ।
पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल 'आहुति', लोकेन्द्र विष्ट मगर र गोपाल किताँरीलाई कारबाही गरेको हो।
माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै आहुतिले अब आफू माओवादी केन्द्रमा नरहेको बताएका थिए। फागुन ७ मा पार्टी एकताको निर्णय गरेलगत्तै असन्तुष्टि जनाउँदै गोपाल किराँतीले माओवादी आन्दोलनको पुनर्गठन गरिएको बताएका थिए।
नेता लोकेन्द्र विष्ट मगरसमेत पछिल्लो समय माओवादी केन्द्र नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन्। विष्ट जनयुद्ध दिवसको अवसरमा मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको माओवादीको कार्यक्रममा सहभागी भएका थिए।
माओवादीका एक नेताले पार्टी विरुद्धको गतिविधि गरेका कारणले तीन नेतालाई कारबाही गर्ने निर्णय गरिएको नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।