काठमाडौं– उपत्यकामा पार्किङबाटै मोटरसाइकल र स्कुटर चोरी गर्ने गिरोह पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको हो।
कपनको तेन्जिङचोकमा बा ८९ २१३५ नम्बरको मोटरसाइका सवार दुई व्यक्तिमाथि शंका लागी सोधपुछ गर्ने क्रममा गिरोहबारे पत्ता लागेको हो।
पक्राउ पर्नेहरुमा सुरेश तामाङ, उर्गेल लामा, प्रशान्त राई, छिरिङ तोन्जिङ शेर्पा, सुशिल मगर छन्।
उनीहरुबाट चोरीका ३ वटा मोटरसाइकल र एउटा स्कुटर फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
उनीहरुले मित्रपार्कस्थित स्यान्ड्स इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको आकार र नम्बर परिवर्तन गरी बिक्रि गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध प्रहरीले चोरी मुद्दामा कारबाही अघि बढाएको छ।
केही दिनयता प्रहरीले चेकिङहरु बढाएको छ। सोही चेकिङको क्रममा उनीहरु पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।