रौतहट– मंगलबार साँझ बृन्दावन नगरपालिकाको मतगणनास्थल बाहिर झडप भएको छ।
रौतहट क्षेत्र नम्बरका ६ सांसद राम कुमार भट्टराई मतगणना प्रवेश गर्न क्रममा नेपाली काग्रेसका कार्यकर्ताहरुले ढुगा प्रहार गरे पछि एमाले र कांग्रेसका कार्यकर्ता बीच झडप भएको हो।
मतगणना प्रभावित पार्न संसद भट्टराई आएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले विरोध गरेको बताइएको छ। झडपमा बृन्दावन नगरपालिका–६ का एमालेका वडा अध्यक्षका उम्मेदवार धमेन्द्र पटेल घाइते भएका छन्।
झडपपछि विश्रामपुर माविमा भइरहेको सो नगरपालिकाको मतगणना रोकिएको छ। झडपपछि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए। सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।
सांसद भट्टराईलाई प्रहरीले सुरक्षा दिएर चन्द्रनिगाहपुर ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।