काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन मंगलबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए।
संविधान अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।