काठमाडौं– प्रहरी चौकी गञ्जभवानीपुर बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार ६० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले उनलाई बिहीबार उक्त घुस रकमसहित पक्राउ गरेको हो।
कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिने गरेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। अख्तियारले उनलाई कलैया–१४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट ६० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।