सुर्खेत- दैलेख सदरमुकामबाट जिल्लाकै महाबु गाउँपालिकातर्फ जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दैलेखको महाबु-४ ओखलढुंगामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। केही बेरअघि भएको दुर्घटनाबारे बिस्तृत विवरण आइसकेको छैन भने मृतकको पहिचान पनि खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।