काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गते सम्पन्न गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयुक्तहरु सम्मिलित बैठकले राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको हो। मिति सार्वजनिक गर्नुअघि आयोगले प्रमुख दलका प्रतिनिधिहरुसँग छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।