मुम्बई (एजेन्सी)– विश्वमा तहल्का पिट्न सफल हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ को एउटा संवादलाई लिएर अहिले चर्चा चुलिएको छ। बलिउड फिल्म प्याडम्यान र अय्यारी दुबैलाई कमाईको मामिलामा धेरै पछाडि छोडेको ‘ब्ल्याक प्यान्थर’ को एउटा संवाद पुरै काटिएको थियो। भारतमा हुने दर्शकले त्यो संवाद सुन्न पाएनन्।
चाडविक बोसेमनको अभिनय रहेको फिल्ममा अन्ततः किन केही संवाद काटियो? यो अहिले चर्चाको विषय बनेको छ। फिल्ममा टि’चाला (चाडविक बोसेमन) र एम’बाकु (विस्टन डुक) बीच लडाई हुँदा एउटा संवादलाई ‘म्युट’ गरिएको थियो। विदेशमा फिल्म रिलिज हुँदा यो क्षणमा हनुमान भगवानको महिमासँग जोडिएको एउटा शब्दको प्रयोग भएको थियो।
तर, भारतमा फिल्म रिलिज हुँदा धार्मिक भावनामा चोट पुग्न सक्ने भन्दै ‘सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन’ अर्थात सिबिएफसीले संवाद नै हटाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।