काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको उप-कप्तानमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ।
खेलाडीहरूः
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।