• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रदेश ६ को सुरक्षा योजना : 'डिजिटल प्रदेश' बनाउनेदेखि पर्यटन प्रहरी खटाउनेसम्म

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  १५:३८
1140x725

सुर्खेत- प्रदेश नं ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा योजना बनाउन सुरु गरेको छ। मन्त्रालयले डिजिटल प्रदेश बनाउनेदेखि पर्यटन प्रहरी खटाउनेसम्मका योजना अघि सारेको हो।

मन्त्रालयले तीन वटा कार्यदल बनाएर काम सुरु गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। उनले प्रदेशको सुरक्षाका लागि सबै पक्षको सुझाव र सल्लाहका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइने पनि जनाए। छिमेकी प्रदेशसँग समेत समन्वय गरेर प्रदेश नं ६ का हरेक नागरिकलाई सुरक्षित बनाउन आफूहरु लागिपरेको उनको भनाइ छ। मन्त्रालयले आवश्यक कानुन निर्माणका लागि पनि कार्यदल बनाएर काम सुरु गरिसकेको छ।

‘डिजिल प्रदेश’ योजना
अपराध नियन्त्रण र शान्ति सुरक्षालाई विश्वसनीय बनाउन डिजिटल प्रदेश बनाउने योजना अघि सारिएको मन्त्रालयले जनाएको छ। योजना अनुसार आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै प्रदेशको शान्ति सुरक्षा सम्बन्धी सबै जानकारी सफ्टवेयरमा राखिने छ।

‘अब हरेक व्यक्तिको लाइसेन्स र ब्लुबुकको विवरणदेखि चारित्रिक अवस्थासमेत विशेष सफ्टवेयरमा राखिनेछ, जसले कुनै कुनै पनि अनुसन्धानलाई प्रभावकारी र छरितो बनाउन सघाउ पुग्नेछ,’ प्रदेश ६ का अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहले भने। हरेक जिल्लाका सदरमुकाममा सिसी क्यामेरा जडान गर्ने योजना पनि यसै अन्तर्गत रहेको जनाइएको छ।

‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यक्रम
मन्त्रिपरिषद्‌ बैठकले गरेको ‘समृद्धिका लागि शान्ति सुरक्षा’ योजना कार्यान्वयन गर्नका लागि अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहको संयोजकत्वमा कार्यदल बनाइएको छ। उक्त कार्यदलले शान्ति सुरक्षाको विस्तृत योजना बनाएर यही फागुन १९ गते औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो योजना अन्तर्गत प्रहरी जनशक्ति थप गर्ने पनि मन्त्रालयको तयारी छ। हाल ५ हजार ९० जना प्रहरी कार्यरत रहेको प्रदेशमा ५ हजार ४ सय जनशक्ति थप गरी १० हजार ५ सय पुर्‍याइने कार्यदलका संयोजक शाहले जनाए। त्यसैगरी प्रदेशका सबै जिल्ला सदरमुकाममा सिसी क्यामेरा जडान गरिने योजना यसमा समावेश गरिएको छ।

लागऔषध नियन्त्रणका लागि अभियान चलाउने र दुर्व्यसनमा फसेकाहरुलाई सुधारका लागि सरकारी स्वामित्वका प्रदेशस्तरीय सुधार केन्द्र निर्माण गर्ने, सडक बालबालिका र बालश्रमिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, विपद जोखिम क्षेत्रहरुमा साइरन जडान गर्ने लगायतका ४० बुँदे कार्ययोजना समृद्धिका लागि शान्ति सुरक्षा कार्यक्रममा समावेश गरिएको छ।

‘पर्यटन प्रहरी’ परिचालन
शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेशमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ। प्रदेशका सबै विमानस्थल, बसपार्क र प्रमुख पर्यटकीय स्थलहरुमा ‘पर्यटन प्रहरी’ राखिने योजना रहेको उनले जानकारी दिए। अबको १५ दिनभित्रै प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पर्यटन प्रहरी राखिसकिने जनाइएको छ।

ती प्रहरीले पर्यटकहरुलाई पर्यटकीय स्थलको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिनेछन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, एसईई दिएर फर्किएका तीन विद्यार्थीको मृत्यु
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कारोबारसँगै घट्यो सेयर बजार मंगलबार, चैत २४, २०८२
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ मंगलबार, चैत २४, २०८२
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति मंगलबार, चैत २४, २०८२
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, एसईई दिएर फर्किएका तीन विद्यार्थीको मृत्यु मंगलबार, चैत २४, २०८२
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्