काठमाडौं- एमालेले सरकार विस्तारको निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बेलुका ५ बजेबाट बैठक सुरु हुनेछ। बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड, पार्टी एकताको अनुमोदन लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुने एमालेले जनाएको छ।
नयाँ सरकार गठन भएको एक साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि पार्टीका शीर्ष नेतृत्वलाई नाम सिफारिस गर्न समस्या परेको छ।
पार्टी अध्यक्ष केपी ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।