काठमाडौं- जिल्ला न्यायधीशको लिखित परीक्षामा मागभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन्। ३० जनाको माग भएकोमा १६ जना मात्र लिखित परीक्षामा सफल भएका छन्।
समावेशी कोटा अन्तर्गत मधेसी तथा दलित कोटामा एक जनाले पनि नाम निकाल्न नसकेकको न्याय सेवा आयोगले जनाएको छ।
आयोगले ३० जना जिल्ला न्यायधीश मागेको थियो। जसको लिखित परीक्षाको नतिजा आयोगले बुधबार सार्वजनिक गरेको हो। ३० मध्ये आन्तरिक खुल्लामा १५ जनाको कोटा रहेकोमा १३ जना मात्र उत्तीर्ण भएका छन्। त्यस्तै खुलातर्फ भने ८ जना माग भएको १५ जना लिखित परीक्षामा सफल भएका छन्।
महिलाको २ जनाको कोटा रहेकोमा १ जना मात्र सफल भएका छन् भने जनजातिमा २ जनाको कोटामा रहेका २ जनाले लिखित परीक्षामा नाम निकालेका छन्। मधेसीलाई २ तथा दलितलाई एउटा समावेशी कोटा रहेको दुवैमा कसैले पनि लिखितमा नाम निकाल्न नसकेको आयोगले जनाएको छ।
आयोगले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट जिल्ला न्यायधीश छान्ने प्रणाली सुरु गरेको हो।
क-कसले निकाले नाम?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।