काठमाडौँ- नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक शनिबार बोलाएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बिहीबार बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले बताए। त्यसपछि मात्र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।