कारकास- भेनेजुयलाको विपक्षी पार्टी जस्टिस फस्ट (पिजे) ले आगामी राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ। आउँदो अप्रिल २२ मा हुने भनिएको निर्वाचनमा भाग नलिने सो पार्टीले घोषणा गरेको हो।
पिजेले आफ्नो तर्फबाट कुनै उम्मेदवारलाई समर्थन पनि नहुने एक वक्तव्य जारी गरी स्पष्ट पारेको छ। वक्तव्यमा सो पार्टीले भनेको छ, 'कपटीपूर्ण तरिकाले गरिएको यस प्रक्रियामा हाम्रो कुनै प्रकारको सहभागिता हुनेछैन।'
अहिलेको सरकार र निर्वाचनबाट स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको सुनिश्चीतता संविधानमा नहुने भएकाले निर्वाचनमा भाग लिनुको औचित्य नभएको पिजेको ठहर छ।
भेनेजुयलामा स्वतन्त्र निर्वाचनमार्फत राजनीतिक परिवर्तनका लागि पार्टी निरन्तर लडिरहने, संघर्ष गरिरहने वक्तव्यमा जनाइएको छ। त्यस्तो लडाइँ देश भित्रबाट वा बाहिरबाट पनि हुन सक्ने पार्टीले जनाएको छ।
यसैबीच भेजेजुयला सरकारले राष्ट्रपतीय निर्वाचनको अनुगमनका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ।
राष्ट्रसंघका महासचिव एन्टोनीओ गुथ्रेसलाई औपचारिक रुपमै निमन्त्रणा पत्र पठाइएको राष्ट्रिय निर्वाचन परिषद्का अध्यक्ष टिबीसे लुसेनाले जानकारी दिए।।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।