• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुरोट एक्कासी छोड्ने कि बिस्तारै–बिस्तारै?

64x64
नेपाल लाइभ बुधबार, फागुन ९, २०७४  २२:०८
1140x725

अनुसन्धानकर्ताहरू लामो समयदेखि धूमपान त्याग्न चाहनेका लागि सहज उपायको खोजीमा जुटेका छन्। प्रायशः यस्ता उपाय दुई विकल्पमा सीमित हुन्छन्ः एक्कासी त्याग्ने वा बिस्तारैबिस्तारै छोड्दै जाने। यी दुई विकल्पमध्ये कुनचाहिँ प्रभावकारी छ त?

‘अधिकांश व्यक्तिको धारणा एक्कासी त्याग्नेभन्दा पनि धूमपानको मात्रा (फ्रिक्वेन्सी) घटाएर बिस्तारै छाड्नु उपयुक्त उपाय ठान्छन्,’ अक्सफोर्ड विश्वविद्यालयकी निकोल लिन्ड्सन हाली भन्छिन्। उनले धूमपान सम्बन्धी हालै भएको अनुसन्धानको नेतृत्व गरेकी थिइन्। उक्त अनुसन्धान ‘एनल्ज अफ इन्टर्नल मेडिसिन’ जर्नलमा प्रकाशित छ।

तर, निकोल नेतृत्वको अनुसन्धानले बहुसंख्या व्यक्तिको धारणाविपरित निष्कर्ष निकालेको छ, अर्थात् बिस्तारै छाड्नुभन्दा एक्कासी त्याग्नु सर्वोत्तम हुन्छ।

बेलायतमा निकोल र उनका सहकर्मीले धूमपान त्याग्ने योजनामा रहेका करिब ७ सय अम्मलीहरू (जो दैनिक कम्तिमा १५ वटा चुरोट खान्थे) लाई आफ्नो अनुसन्धानमा सामेल गरेका थिए। उनीहरू (धूमपान गर्नेहरू)ले बिस्तारै दैनिक चुरोटको संख्या घटाउँदै दुई सातामा धूमपान त्याग्ने योजना बनाएका थिए।

अनुसन्धानमा तीमध्ये आधालाई पहिले जसरी नै धूमपान गर्न र तोकिएको मितिबाट एक्कासी त्याग्न भनिएको थियो। बाँकीलाई भने धूमपान त्याग्ने मितिसम्म दैनिक रुपमा घटाउँदै घटाउँदै धूमपान रोक्न भनिएको थियो। दुवै समूहलाई चुइङगम, गुलिया चक्की र माउथ स्पे्रमार्फत व्यवहारजन्य परामर्श, ‘निकोटिन प्याच’ (छालामा लगाउने निकोटिनयुक्त पट्टी) र निकोटिन प्रतिस्थापन उपचार (निकोटिन रिप्लेसमेन्ट थेरापी) पनि दिइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानकर्ताले धूमपान त्याग्ने मितिपछि एक महिनासम्म सहभागीले धूमपान गरे/गरेनन् अनुगमन गरे। फेरि त्यसको ६ महिनापछि पनि सहभागीले धूमपान गरे/नगरेको अनुगमन गरे।

अनुसन्धानले जसले एक्कासी धूमपान छाडेका थिए, उनीहरूले फेरि धूमपान नगरेको वा भनौँ उनीहरू धूमपान पूर्णरुपमा त्याग्न सफल भएको फेला पारे। अनुसन्धानबाट बिस्तारै धूमपान घटाउँदै त्याग्नेको तुलनामा एक्कासी छाड्नेको परिणाम २५ प्रतिशत प्रभावकारी पाइयो। त्यस्तै एक्कासी छाड्नेमध्ये ४९ प्रतिशत धूमपान त्याग्न सफल भए भने, बिस्तारै छाड्नेमध्ये ३९ प्रतिशतले मात्र त्याग्न सफलभए।
एक्कासी त्याग्नेमध्ये २२ प्रतिशत सहभागीले ६ महिनापछि पनि धूमपान नगरेको पाइयो भने बिस्तारै त्याग्नेमध्ये १५ प्रतिशतले मात्र।

रोचक कुरा के छ भने, धेरैजसोले एक्कासीभन्दा बिस्तारै–बिस्तारै धूमपान छाड्ने चाहेको बताए। तर, धूमपान त्याग्नमा कुनै व्यक्तिको निजी छनोटले सफलतामा खासै फरक नपार्ने अनुसन्धानले देखायो। ‘धूमपानको लत लागेकाहरूले बिस्तारै छाड्न चाहे पनि एक्कासी छाडे मात्र धूमपानको लतबाट मुक्त हुने सम्भावना बढी हुन्छ,’ भन्छिन् निकोल।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अनुसन्धानकर्ताले धूमपान त्याग्ने इ–सिगरेट (जसलाई अझै पूर्ण रुपमा प्रभावकारी भएको प्रमाणित गर्न बाँकी छ) जस्ता अन्य उपायलाई अनुसन्धानमा सामेल गरेका थिएनन्। निकोल भन्छिन्, ‘एक्कासी छाड्नु धूमपानको लतबाट मुक्त हुने उत्तम उपाय भए पनि हामीले बिस्तारै–बिस्तारै धूमपान छाड्ने समूहको प्रगति पनि सन्तोषजनक पायौं।’ आगामी अनुसन्धान बिस्तारै धूमपान छाड्ने उपाय अझ बढी प्रभावकारी बनाउन सकिन्छ कि भनेर त्यसमा केन्द्रित गर्ने योजना उनले बनाएकी छिन्।

निकोलले भनिन्, ‘धूमपानका त्यस्ता अम्मलीहरू जो आफूले एक्कासी धूमपान छाड्न नसक्ने र बिस्तारै त्यसको अम्मलबाट मुक्त हुन चाहन्छन्, उनीहरूलाई पनि धूमपानमुक्त बनाउन हामीले सघाउन आवश्यक छ।’ - टाइम

प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्