• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

असुरक्षित छन् डाक्टर : हातपातदेखि कालोमोसोसम्म

64x64
नेपाल लाइभ बुधबार, फागुन ९, २०७४  १९:४८
1140x725

धनगढी– फागुन ६ गते अर्थात आईतबार डोटी जिल्ला अस्पतालका डाक्टर जितेन्द्र सिंहमाथि हातपात भयो । हातपातका कारण उनको टाउको, नाक, हात र शरीरका अन्य भागमा चोट लागेको छ । मथिल्लो एउटा दा“त भा“चिएको छ । डा.सिंहले बिरामीलाई एकछिन पर्खन आग्रह गरेको तर, पटक–पटक बिरामीलेनै अभद्र व्यवहार गरेको बताए ।

२०७३ जेठ २३ गते बैतडी जिल्ला अस्पतालका डा. गुणराज अवस्थीमाथि एम्बुलेन्स नदिएको आरोप लगाउँदै दुव्र्यवहार (कालोमोसो दलियो) भयो । 

२०७३ फागुन २९ गते सेती अञ्चल अस्पताल धनगढीको ईर्मेजेन्सी शाखामा राती तोडफोड गरियो । बिरामीको उपचार गर्नमा ध्यान नदिएको भन्दै अस्पतालमा आएका कुरुवाहरुले तोडफोड गरेका थिए।

माथि उल्लेखित केही प्रतिनिधित्व घटनामात्र हुन । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सकहरु बिरामी तथा बिरामी कुरुवाहरुबाट असुरक्षित बन्दै गएका छन् । बिरामीहरुको अभद्र व्यवहारका कारण उनीहरु त्रसित बन्दै गएका छन् ।

अरुको उपचार गर्दै आएका डोटी जिल्ला अस्पतालका डाक्टर सिंह अहिले आफै उपचाररत अवस्थामा छन् । डोटी जिल्लाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दीमा मेडिकल अधिकृतका रुपमा कार्यरत डा. सिंह जिल्ला अस्पतालमा एक महिनाका लागि काजमा आएका थिए ।

‘दिउँसो साढे २ बजेतिर भिडियो एक्स–रेको काम भइरहेको थियो । लाइनमा थुप्रै थिए । एक जना बिरामीको पालो १४–१५ जनापछि थियो । तर, ती बिरामी सुरुदेखि नै कोठाभित्र छिरेर किचकिच गरिरहेका थिए । धेरै पटक बाहिर बस्नुस् भन्दा पनि मानेका थिएनन् । निरन्तर कराई मात्र रहेका थिए’ डाक्टर सिंहले भने ‘मैले ३–४ चोटि ‘बाहिर गएर बस्नुस् पालो आएपछि बोलाउँला’ भने तर पनि मानेनन् । त्यसपछि उनको भिडियो एक्सरे गर्ने पालो आयो । त्यति बेलासम्म उनको हामीसँग बोल्ने तरिका ठिक थिएन । थर्काएर ‘राम्रोसँग गर’ भन्न थाले । मैले उनलाई ‘म मेडिकल अधिकृत हो, भिडियो एक्सरेकै विषय पढेको विज्ञ डाक्टर होइन’ भनिरहेको थिएँ ।’

उनले बिरामीलाई आफुमाथि शंका लाग्छ भने अन्यत्र जान पनि सुझाव दिएको तर, बिरामीले नमानेको बताए । बिरामीको एक्सरे गरेपछि पनि उनीहरुले गुनासोको पोको ल्याएको डा. सिंहले बताए । उनका अनुसार बिरामीलाई उनले पैसा फिर्ता गरेर ओपिडिमा गएको र ओपिडिमै बिरामीका आफन्तले किचकिच गरेर हातपात गरेका थिए । 

अस्पतालमा अभद्र व्यवहार गर्नेहरुलाई आममाफी मगाई छोड्ने प्रवृतिले चिकित्सकमाथि दुव्र्यवहार बढ्दै गएको सम्बन्धीत चिकित्सकहरुको गुनासो छ । डा. सिंहलाई आक्रमण गर्ने विजयसिंह विष्ट, टेकबहादुर विष्ट लगायतको टोलीलाई प्रहरीले पक्राउ गरेको भएपनि आममाफिमा छोड्न राजनीतिक दलहरुले दबाब दिईरहेको स्रोतले बताएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्षअघि डा. अवस्थीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै केही दिन आकस्मिक सेवाहरु बन्द गरिएपनि दोषीलाई राजनीतिक दबाबपछि आममाफीमा छोडिएको थियो । सेती अञ्चल अस्पतालमा भएको तोडफोडमा क्षति भएको संरचनालाई मर्मत गर्ने भनेर छोडियो ।

नेपालको संविधानले स्वास्थ्य सेवा प्रवाहमा बाधा अड्चन पुर्‍याउने जो कोहीलाई पनि कारबाहीको व्यवस्था गरेको छ तर, व्यवहारिक रुपमा भने दोषीलाई उन्मुक्ति दिने परिपार्टी बढ्दै गएको छ।

बैतडी जिल्ला अस्पतालका डा. अवस्थीले ७ नम्बर प्रदेशका सबै अञ्चल अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकहरु असुरक्षित रहेको बताए । ‘हामी दुर्गममा बसेर पनि आम सर्वसाधारण जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न चाहन्छौं’ डा. अवस्थीले भने ‘तर, हामीमाथि हुने दुव्र्यवहारले हाम्रो मनोवल घटाउँदै लगेको छ।’

उनले चिकित्सकमाथि दुव्र्यवहार गर्ने, धम्की दिने लगायतका व्यक्तीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै ‘घटनाको सत्यतथ्य छानविन गरि जो दोषी देखिन्छ (चिकित्सको गल्ती छ भने चिकित्सकलाई, स्थानीय सरकार दोषी छ भने स्थानीय सरकार, अभिभावक वा बिरामी दोषी छन भने उनीहरुलाई) कारबाही गर्न जरुरी छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालमा न्यून सुरक्षा

७ नम्बर प्रदेशमा एक उपक्षेत्रीय अस्पताल, दुई अञ्चल अस्पताल र १२ वटा जिल्ला अस्पताल रहेका छन् । तर, तीनीहरुमा सुरक्षाको अवस्था दयनिय रहेको सम्बन्धीत अस्पतालका प्रमुखहरुले गुनासो गरेका छन्।

‘अस्पतालमा दुर्घटना, आत्महत्या लगायतका घटना हेर्नलाई एक जना हवलदार खटाईएको छ’ बैतडी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अवस्थीले भने ‘अस्पतालमा कुनै बिरामीका आफन्तले अभद्र व्यवहार गरेमा हवल्दारलाई पनि अप्ठ्यारो हुने गरेको छ ।’ उनले अस्पताल धेरै संवेदनशिल भएकाले सुरक्षा निकायहरु पनि गम्भिर हुनुपर्ने बताए।

धनगढीस्थित सेती अञ्चल अस्पतालमा अहिले दुई वटा हवल्दार राखिएको छ । उनीहरुले अस्पताल भित्रका गतिविधीहरु जिल्ला, क्षेत्रमा जानकारी गराउने काम रहेको कैलाली प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए।

‘अस्पतालमा आकस्मिक सुरक्षा आवश्यक भए हामीले जिल्लाबाट टोली खटाउने गरेका छौ’ प्रहरी प्रमुख घिमिरेले भने ‘अस्पतालभित्र सुरक्षाका लागि खटाउन हामीसंग जनशक्ति छैन् ।’ 

डोटी जिल्ला अस्पतालका डा. सिंहले आफु प्रहरी र स्थानीयकै कारण बाच्न सफल भएको अनुभव सुनाए।

बझाङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप रेग्मीले अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई सुरक्षाको अनुभुति गराउन जरुरी रहेको बताए ।

‘अस्पतालमा विभिन्न प्रकारका मानिसहरु आउ“छन्,’ उनले भने ‘कोही जाड रक्सी खाएर आउँछन त कोही अभद्र बोली बोल्नेहरु । कतिलाई हामीले सम्हाल्न सक्छु तर, केहीबाट हामीले दुव्र्यवहार सहनुपरेको छ ।’

उनले देश संघिय संरचनामा गईसकेकाले स्थानीय तह, प्रदेश सरकारले चिकित्सकहरुलाई निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा काम गर्ने अवस्थाको सृजना गर्नुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्