पोखरा- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक सरकारी गाडीमाथि तोडफोड गरेका छन्।
मंगलबार दिउँसो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ८ रत्नचोकमा रोकिराखेको बा १ झ ९६२२ नम्बरको सरकारी गाडीलाई नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन्।
नेकपा गण्डक ब्यूरोले प्रहरीले पक्राउ गरी विस्फोटक पदार्थ ओसारपसार सम्बन्धी मुद्दा खेपिरहेका आफ्ना पाँच नेता-कार्यकर्ता रिहाइको माग गर्दै पहिलो चरणको आन्दोलनअन्तर्गत बुधबारसम्म पोखरामा सरकारी सवारीसाधन चल्न नदिने घोषणा गरेको थियो।
पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोगमा प्रहरीले नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, बालकृष्ण अधिकारी, गोविन्द ओली, लोकेन्द्र राई र काशी पौडेललाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।