काठमाडौं- भारतका दुई प्रान्तमा बुधबार भएको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को प्रदर्शन कमजोर देखिएको छ।
शुक्रबार प्राप्त अन्तिम नतिजाअनुसार लोकसभा चुनावमा भारी मतका साथ विजयी भएको भाजापाले महाराष्ट्र राज्यको विधानसभा चुनावमा कूल १ सय ६१ सिटमा मात्र विजय प्राप्त गरेको छ।
.jpg)
२ सय ८८ सिट रहेको महाराष्ट्रको विधानसभा निर्वाचनमा भाजपाले शिवसेनासँग गठबन्धन गर्दा पनि १ सय ६६ क्षेत्रमा मात्रै जित हासिल गरेको हो। जबकी सन् २०१४ को विधानसभा चुनावमा १ सय ८५ स्थानमा जितेको थियो।
त्यस्तै, हरियाणाको विधानसभा चुनावमा समेत भाजपाले कमजोर प्रदर्शन गरेको छ। ९० सिट रहेको हरियाणा विधानसभा चुनावमा भाजपाले जम्मा ४० क्षेत्रमा मात्रै विजय हासिल गरेको छ। सन् २०१४ को विधानसभा चुनावमा भाजपाले ४७ सिटमा जितेको थियो।
हरियाणामा बहुमतको सरकार बन्न नसक्ने अवस्था आएपछि भाजापले निर्दलीय विधायकको साथ खोजेको छ। शुक्रबारसम्म भाजपाले ५ निर्दलीय विधायकको साथ पाएको छ। समर्थनका बावजुद पनि हरियानामा बहुमतीय सरकार बनाउन भाजपालाई अझैँ १ सिटको आवश्यकता छ।

कांग्रेसको अवस्थामा सुधार
दुई राज्यको विधानसभा चुनावमा भारतीय कांग्रेसको अवस्थामा भने सुधार देखिएको छ। दुई राज्यमा सन् २०१४ को विधानसभा चुनावमा कांग्रेसले पाएको मतको तुलनामा अहिलेको चुनावमा अवस्था सुधार भएको हो।
महाराष्ट्रको चुनावमा कांग्रेसले ९८ क्षेत्रमा जित हात पारेको छ। सन् २०१४ को विधानसभा चुनावमा कांग्रेस ४२ सिटमा खुम्चिएको थियो। कांग्रेसले यसपाली पाएको ९८ सिट राष्ट्रवादी कांग्रेस पार्टीसँगको गठबन्धनमा जितेको हो।
.jpg)
त्यस्तै हरियाणा राज्यको विधानसभा चुनावमा पनि कांग्रेसको अवस्थामा सुधार आएको छ। कांग्रेसले ९० क्षेत्र रहेको हरियाणामा ३१ सिटमा विजयको झन्डा गाडेको छ। सन् २०१४ को विधानसभा चुनावमा कांग्रेसले जम्मा १९ क्षेत्रमा मात्रै जित हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।