काठमाडौं- सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त भएसँगै अग्नि खरेलले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन्।
पार्टीभन्दा बाहिर आएर राज्यका लागि काम गर्न आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको खरेलले बताएका छन्। सरकारले पूर्व कानुनमन्त्री समेत रहेका खरेललाई मंगलबार महान्यायाधिवक्तामा सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस मंगलबार नै सदर गरेकी थिइन्।
खरेल पहिलो र दोस्रो संविधानसभामा एमालेका तर्फबाट मनोनित सभासद थिए। उनी एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गरेका वरिष्ठ अधिवक्ता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।