दमास्कस,सिरिया- सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सयभन्दा बढी मानिस मारिएका छन्।
बेलायतस्थित अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ र ‘ह्वाइट हेल्मेट्स’का अनुसार सोमबारभएको बमबारीमा ती व्यक्तिको मृत्यु भएको हो। सिरियाली फौजले विद्रोही नियन्त्रणमा रहेको उक्त क्षेत्र पुनः प्राप्त गर्नका लागि आक्रामक कदम चालेका थिए।
रजधानी नजिक रहेको पूर्वी गुटा विपक्षीको नियन्त्रणमा रहेको अन्तिम प्रमुख क्षेत्र हो। डुमा, मिसराबा र अलनशाविया क्षेत्रमा भएका हवाई आक्रमणमा नागरिकहरु मारिएका छन्।
एउटा उद्धार समूहले मंगलवार मिसराबामा तीन जना र अलमर्जमा चार जना मारिएको जनाएको छ। आक्रमण मङ्गलबार बिहानसम्म पनि जारी रहेको जनाइएको छ।
यसैबीच टर्कीले उत्तरी सिरियामा टर्कीका सेनाविरुद्ध लडिरहेका कुर्द लडाकुहरुलाई सहयोग नगर्न सिरियाली सरकारलाई चेतावनी दिएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।