एजेन्सी- बंगलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै २ शिक्षकसहित १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो।
नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।
नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि न्यायको माग गर्दै उनको पक्षमा शृङ्खलाबद्ध प्रदर्शन भएका थिए।
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्। त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छतमा बोलाइएको थियो।
त्यहाँ उनलाई बुर्का लगाएका चार/पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए। त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।
प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।