सर्लाही- मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ।
गणनाका क्रममा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको थियो।
प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
भारतीय सीमावर्ती क्षेत्र रहेको बलरा संवेदनशील क्षेत्र मानिन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।