तस्बिरः splashnews
लन्डन- लन्डनको पूर्वी क्षेत्रमा रहेको इसेक्स सहरमा एक ट्रकबाट ३९ शव प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार हत्याको आशंकामा उक्त ट्रकको चालकलाई नियन्त्रणमा लिइएको थियो।
२५ वर्षको उत्तर आयरल्यान्डका चालकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो ट्रक बुल्गारियाको हो। शनिबार १९ अक्टुबरमा ब्रिटेनको बेल्समा होलिडेडमा देखा परेको थियो।
यहाँबाट उक्त ट्रक २२ अक्टुबरमा ग्रेज पुग्दै थियो।
प्रारम्भिक जानकारीअनुसार यसरी मर्नेहरु ३८ वयस्क छन्।
एक जनाको उमेर भने २० वर्षभन्दा कमको रहेको छ। अहिलेसम्म यी व्यक्तिहरु कहाँको नागरिक भएको पत्ता नलागेकोले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।