एजेन्सी– अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ हरेपछि ट्विटरमार्फत प्रतिक्रिया दिएकी छन्।
मिशेलले फिल्मको टिमले गरेको कामको प्रशंसा गरेकी छन्। उनले ट्विटमा लेखेकी छन्– ‘ब्ल्याक प्यान्थरको सम्पूर्ण टिमलाई बधाई! तपाईंहरुका कारण युवा पुस्ताले आफू जस्तै सुपरहिरो ठूलो पर्दामा देख्न सक्छन्। मलाई यो फिल्म निकै मन पर्यो। फिल्मले हरेक पृष्ठभूमिका मानिसलाई आफ्नो कथाको हिरो बन्ने साहस बटुल्न प्रेरित गर्नेछ।’
'ब्ल्याक प्यान्थर' फेब्रुअरी १६ मा रिलिज भएको हो। फिल्मले अहिलेसम्म २३.५ करोड अमेरिकी डलरभन्दा बढी कमाइ गरेको जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।