काठमाडौं– भक्तपुरमा शंकास्पद वस्तु भेटिएपछि मुख्य सडकखण्ड बन्द गरिएको छ।
भक्तपुरको गठ्ठाघर र चारदोबाटोको बिचमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका उअनुसार सवारी साधनलाई गठ्ठाघरबाट सानोठिमीतर्फ डाइभर्सन गरिएको छ। घटनास्थलमा सेनाको बम डिस्पोजल टिम पुगेको छ।
मंगलबार तीनकुने पुलमा पनि शंकास्पद वस्तु भेटिएको थियो। बन्दको आह्वान गरेको नेपाल कम्यूनिष्ट पार्टीले विभिन्न जिल्लामा शंकास्पद वस्तु राखेर जनजीवन आतंकित बनाउने काम गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।