काठमाडौं– तिनकुनेको पुलमा भेटिएको शंकास्पद वस्तुलाई नेपाल सेनाले डिस्पोज गरेको छ। बम राखिएको आशंकामा करिब एक घन्टा तीनकुने पुल बन्द गराइएको थियो।
मंगलबार बन्दको आयोजना गरेको नेपाल कम्यूनिष्ट पार्टीले बम भन्दै त्रसित बनाउन पोका बनाएर केही वस्तु राखेको थियो। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको कार्यालय छेउमा राखिएको सो वस्तुलाई निष्क्रिय बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।