काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने २० जनाभन्दा बढी पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय परिसरमा प्रदर्शन गर्ने डा गोविन्द केसी समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानन्यायधीश पराजुलीको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको मागसहित केसीले केही दिनअघि निवेदन दर्ता गरेका थिए। सोही निवेदनउपर भइरहेको प्रक्रियाबारे बुझ्न गएका बेला उनका समर्थकहरुले प्रदर्शन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।