काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा ग्यारेन्टी नभएसम्म सरकारमा नजाने बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले दुई वाम पार्टीले सरकारमा बोलाउनु 'नयाँ कुरा नभएको' उल्लेख गरे।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार राति पार्टी एकता र सरकारको पूर्णताको विषयमा दुई वाम पार्टीबीच छलफल चलिरहँदा फोरम अध्यक्ष यादवलाई समेत बैठकमा सहभागी गराइएको थियो। बैठकमा दुई वाम पार्टीका अध्यक्षले नयाँ सरकारमा सहभागी हुन फोरम अध्यक्ष यादवलाई आग्रह गरेका थिए।
यादवले सरकारमा सहभागी हुन आफूहरुलाई कुनै समस्या नरहेको बताउँदै त्यसका लागि संविधान संशोधनको माग पूरा हुनुपर्ने प्रतिबद्धता खोजेका थिए। संशोधन नभएसम्म सरकारमा जान आफूहरुलाई समस्या हुने भन्दै उनले त्यसमा वाम पार्टीको औपचारिक सहमति माग गरेका थिए।
‘संशोधनको विषयमा स्पष्ट नभएसम्म जाने कुरा हुँदैन,’ यादवले भने ‘संशोधन नै मूल कुरा हो, संविधान संशोधन भए सरकारमा जान समस्या छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।