काठमाडौं- एमाले सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार सामान्य काममा नअल्झने बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सचिव ज्ञवालीले नयाँ सरकार लक्ष्यकेन्द्रित भएर अघि बढ्ने बताउँदै सुशासन र आर्थिक समृद्धि हासिल गर्न सरकार दत्तचित्त भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०–५ कार्यालय आउने/जाने, रिबन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकि हामी अग्निपरीक्षामा छौं,’ उनले भने।
सचिव ज्ञवालीले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको भन्दै त्यसमा बढीमा १५ जना रहने बताए। ‘भोलि नै हामी सरकार विस्तार गर्छौं, मन्त्रिमण्डिलले पूर्णता पाउँछ,' उनले भने, 'अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्।’
सचिव ज्ञवालीले नयाँ सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तीव्र आर्थिक वृद्धि हासिल गर्ने रहेकाले त्यसका लागि समावेशिता सहितको योग्य टिम पठाउने पनि स्पष्ट पारे।
राजकीय पदमा वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको बताउँदै उनले दुवैको पदलाई निरन्तरता हुने सम्भावना रहेको स्वीकार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।