काठमाडौं– नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच पार्टी एकीकरणका लागि भएको ७ बुँदे सहमतिमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले शुभकामना व्यक्त गरेका छन्।
ट्वीटरमार्फत उनले एकताका लागि शुभकामना दिएका हुन्। एमाले नेता प्रदीप ज्ञवालीले ट्वीटरमा शेयर गरेको फोटो र सहमतिप्रतिमा प्रतिक्रिया दिदै उनले एउटै विचार तथा ब्राण्ड मात्र फरक भएका पार्टीहरुबाट जनतालाई भ्रममुक्त हुन सहयोग पुग्ने बताएका छन्। यसले समाजवादको तेस्रो धार निर्माण गर्न मद्दत पुग्ने उनको प्रतिक्रिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।