काठमाडौं– नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्यूनिष्ट पार्टी’ राख्ने सहमति गरेपनि त्यो नाम उनीहरुले नपाउने देखिएको छ। निर्वाचन आयोगमा सोही नाममा अर्काे पार्टी दर्ता भइसकेको खुलेको छ।
ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्यूनिष्ट पार्टी’ पहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ। एकीकरणपछि एमाले र माओवादी केन्द्रले ‘नेपाल कम्यूनिष्ट पार्टी’ राख्ने र निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिरहेका थिए।
सो नाममा पहिले नै अर्काे पार्टी दर्ता भएको थाहा पाएपछि एकीकृत पार्टीको नाम परिवर्तन गर्न उनीहरुले छलफल थालेका छन्।
अर्काेतर्फ नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको पार्टीको नाम पनि ‘नेपाल कम्यूनिष्ट पार्टी’ नै छ । विप्लवले भने आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।