काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिस उल्ट्याउँदै केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगभर्नर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र विमला राई पौड्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।
देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।
खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुन्। बिडारी माओवादी केन्द्रबाट यसअघि समानुपातिक सांसद थिए। पौड्याल राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य हुन्।
राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना गरी ५९ सदस्य रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।