काठमाडौं- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरणपछि राख्ने पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग ठ्याक्कै मिल्न गएको छ।
दुई पार्टीले एकतापछि नेपाल कम्युनिस्ट पार्टी नाम राख्ने सहमति गरेका छन्। विप्लव नेतृत्वको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी नै हो।
दुई पार्टीले सोमबार ७ बुँदे सहमति गर्दै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेका हुन्। सोही नामबाट निर्वाचन आयोगमा दर्ता गर्न लागिएको छ। विप्लवले भने आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छैनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।