कोलम्बो- श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी(एसएलएफपी) सरकारमा सहभागी हुने भएको छ।
एसएलएफपीले देशको राजनीतिक अनिश्चितताको अन्त्य गर्दै संयुक्त सरकारमा सहभागी हुने निर्णय गरेको हो।
एसएलएफपी पार्टीका सांसद तथा सामाजिक शसक्तिकरण मन्त्री एस.बी. डीस्सानायाकेले आफ्नो पार्टी सरकारमा सहभागी भई राजनीतिक अनिश्चितताको अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए।
प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेको युनाईटेड नेशनल पार्टी(युएनपी)सँग गठबन्धन गरेर राष्ट्रपति सिरिसेनाको पार्टीले सरकार बनाउने भएको हो।
एसएलएफपीले राष्ट्रपति सिरिसेनासँग सोमबार राष्ट्रपतिको सचिवालयमा बृहत छलफल गरिसकेको मन्त्री डीस्सानायाकेले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।