काठमाडौं– केपी ओली नेतृत्वको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यलाई तीव्र पारेको छ। यसै विषयमा प्रधानमन्त्री ओलीले सोमबार राति संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग करिब एक घन्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा वाम एकताको विषयमा बैठक बसिरहँदा यादवलाई पूर्व कानुनमन्त्री अग्नि खरेलले बालुवाटर लिएर गएका थिए।
यादवसँग ओलीले प्रधानमन्त्री बन्नुअघि पनि पटकपटक छलफल गरेका थिए। तर, सोमबारको छलफल सरकारमा वाम गठबन्धनको उपस्थिति दुई तिहाई पुर्याउने विषयमा केन्द्रित भएर गरिएको बालुवाटार स्रोत बताउँछ।
फोरम अध्यक्ष यादवले मधेसवादी दलले निर्वाचन अगाडिदेखि उठाउँदै आएको संविधान संशोधनको मुद्दामा ओली सरकारबाट प्रतिबद्धता आएमा आफूहरूलाई सरकारमा सहभागी हुन कुनै आपत्ति नभएको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।