काठमाडौं– २० वर्षअघि आफ्नै बाबुलाई हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
काभ्रेको नमोबुद्ध गाउँपालिका–१ का रनकाजी भन्ने रनबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चोभारबाट पक्राउ गरेको हो।
उनले २०५७ चैत २९ गते राति १२ बजे बाबु धमैसिंहलाई घरायसी विवाद हुँदा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। त्यसपछि फरार रहेका उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका थिए।
कुवेतमा केही वर्ष काम गरेर फेर्केका उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए। अन्तत उनलाई सिआइबीले पक्राउ गर्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।