काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकृत पार्टीमा पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली दुवै जना अध्यक्षको भूमिकामा रहने भएका छन्।
बालुवाटारमा सोमबार राति एकीकरण बैठकबाट बाहिरिने क्रममा दाहालले एकीकृत पार्टीमा ओली र आफू अध्यक्षको रुपमा रहने बताए।
एकीकृत पार्टीमा द्विअध्यक्षात्मक प्रणाली रहने वा दुवै जना सह-अध्यक्ष रहने भन्नेमा मिश्रित कुरा आइरहँदा दाहालले दुवै जना अध्यक्ष रहने प्रस्ट पारेका हुन्।
उनले भने, 'पार्टी अब एक भइसक्यो। हालका लागि दुवै अध्यक्षको रुपमा रहनेछौं।’
एकता महाधिवेशनसम्म दुवै जना पार्टी अध्यक्षको भूमिकामा रहने समझदारी भएको छ।
पार्टी एकताका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ८ बजेदेखि करिब तीन घन्टासम्म बैठक चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।