बेरुत- विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा कम्तीमा १८ सर्वसाधारणको ज्यान गएको छ।
विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु भएको सोमबार अनुगमनकर्ताहरूले जानकारी दिएका छन्।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पूर्वी गौटामा पर्ने हाम्मुरेहमा नौ जनाको मृत्यु भएको जनाएको छ।
त्यसैगरी अन्य नौ जनाको पनि सोही क्षेत्रमा सरकारद्वारा गरिएको हवाई आक्रमणमा परी मृत्यु भएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।