काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अझै जारी छ।
यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ।
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। बैठक चलिरहेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।