मुम्बई– अन्डरवर्ल्ड डन दाउद इब्राहिमका भाई इकबाल कासकर पक्राउ परेका छन्। धम्काएर रकम उठाउने गरेको आरोपमा उनलाई मुम्बईको ठाणे पुलिसको एन्टी एक्सटर्सन सेलले पक्राउ गरेको हो।
प्रहरीले इकबालसँगै अन्य ४ व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका सबै विरुद्ध मंगलबार नै अदालतमा मुद्दा दायर गरिने बताइएको छ।
प्रहरी स्रोतका अनुसार आफ्नो दाइ दाउदको नाम लिएर उनले धम्क्याउँदै पैसा उठाउने गर्थे।
यसै क्रममा ठाणेस्थित उल्हासनगर र डोम्बिवलीका बिल्डरलाई धम्की दिएर पैसा उठान खोजेपछि उनी विरुद्ध उजुरी परेको थियो। इकबाललाई मुम्बईको नागपाडाबाट प्रहरीले पक्राउ गरेको थियो।
पुलिसले इकबाल र दाउदको कनेक्सनको विषयमा छानबिन गर्ने बताएको छ। इकबालले धम्क्याएर एक पीडितसँग ४ वटा फ्लाट र ३ लाख रुपैयाँ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।