काठमाडौं– वाम एकताको बैठक चलिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बैठकमा केहीबेर सहभागी भएका उनी भर्खरै बाहिरिएका छन्। सरकार विस्तारमा सहभागी हुने विषयलाई लिएर यादव बालुवाटार पुगेको उनी निकट स्रोतले नेपाल लाइभलाई बतायो।
मधेसवादी दललाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि यादवसँग छलफल गरिरहेका थिए। पार्टी निकट स्रोतका अनुसार, मधेसवादी दलले पहिलेदेखि उठाउँदै आएको संविधान संशोधनको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक भए मधेसवादी दल सरकारमा छिटै सहभागी हुनेछन्।
‘अध्यक्ष यादवले केपी ओली प्रधानमन्त्री हुनुअघि भएको बैठकमा पनि आफ्नो धारणा राखिसक्नुभएको छ। प्रधानमन्त्री ओली संविधान संशोधनको विषयमा सकारात्मक भएमा हाम्रो पार्टीका साथै राजपा पनि सरकारमा समावेश हुनेछ’, संघीय फोरम स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।