• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आवास पुनर्निर्माणमा जुटेका रसुवाको हाकुवासीको पिरलो : चर्को ढुवानी शुल्क, कामदारको अभाव!

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  २१:११
1140x725

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ हाकुमा भूकम्पपछिको पुनर्निर्माणले गति लिएको छ। गत भदौमा ठुलोहाकु र हाकुबेशीमा अनुदान सम्झौता भएसँगै भूकम्पपछिको पुननिर्माणले गति लिएको हो। सडक सञ्जालले नजोडिएको हाकुमा साँघुरो बाटोबाट रड, काठ, सिमेन्ट, बालुवा लगायतका सामग्री ढुवानी गरी पुनर्निर्माणको काम धमाधम भइरहेको हाकुका उत्तम तामाङले बताए। 

उनले भने, ‘अहिलेसम्म हाम्रो गाउँमा सडक पुगेको छैन। त्यसमा पनि साँघुरो बाटोबाटै भए पनि घर बनाउने सामानहरु ल्याई धमाधम काम भइरहेको छ।’

आमाछोदिङ्मो गाउँपालिका १ मा पर्ने ठूलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही छन्। ती सबैसँग अनुदान सम्झौता भइसकेको छ। अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये ३८ जनाको दोस्रो किस्ताका लागि सिफारिस भएको असिस्टेन्ट सव–इञ्जिनियर छत्रबहादुर शाहीले बताए। 

उनले भने ‘दुई जनाको अनुदान बापतको तेस्रो किस्ताको रकम पाउनका लागि सिफारिस भएको छ।’

खच्चरबाट निर्माण सामग्रीको ढुवानी

जिल्लाको ठूलोहाकु र हाकुबेशीमा भूकम्पपछिको पुनर्निर्माणले गति लिएसँगै भूकम्पपीडितहरु यतिबेला निर्माण सामग्रीको ढुवानीमा व्यस्त देखिएका छन्। सडक सञ्जालले नजोडिएको हाकुबाट ६ घन्टाभन्दा बढीको पैदल यात्रा गरी खच्चरबाट निर्माण सामग्रीको ढुवानी भइरहेको छ। सडक सञ्जालले नजोडिएको उक्त क्षेत्रमा सामग्री ढुवानीको लागि खच्चरको विकल्प नभएको हाकुका स्थानीय सण्डु तामाङले बताए। 

उनले भने, ‘हाम्रो यहाँ त दैनिक उपभोग्य सामग्री तथा अहिले भइरहेको पुनर्निर्माणका लागि सिमेन्ट र बालुवा बोक्न खच्चरको प्रयोग हुने गरेको छ। काठ र रडको लम्बाइ लामो हुने भएकाले यी सामग्री खच्चरले बोक्न सक्दैन तर अरु सामान गाउँ लानका लागि खच्चरको नै प्रयोग हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

सदरमुकाम धुन्चेबाट करिब ६ घन्टाको पैदलयात्रापछि पुगिने हाकुमा पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। हाकु पुग्न बाटोमा दुई स्थान अति जोखिम रहँदा निर्माण सामग्री लैजान समस्या हुने गरेको हाकुका उत्तम तामाङले बताए। 

‘धुन्चेबाट घर बनाउने सामान गाउँमा लैजाँदा घर नपुगिने पो हो कि भन्ने डर लाग्छ, रड बोकेर जाँदा अलिकति दायाँबायाँ भयो भने सीधै खोलामा पुगिन्छ’, उनले भने।

ढुवानीमा चर्को मूल्य तिर्नुपर्ने

भूकम्पपछिको पुनर्निर्माणका लागि खच्चरबाट ढुवानी गर्दा चर्को मुल्य तिर्नुपरेको स्थानीयहरुले बताएका छन्। निर्माण सामग्रीको खरिदभन्दा ढुवानी बढी भएको हाकुका भूकम्प पीडित रामबहादुर तामाङले बताए। 

उनले भने, ‘केही दिनअघिदेखि घर निर्माण गर्न सुरु गरेको छु,घर बनाउन रड पनि किनिसकेको छु। एक मुठा रडको ११ हजार ५ सय पर्‍यो, गाउँमा पुर्‍याउँदा करिब १७ हजार लाग्ने देखिन्छ।’

घर निर्माणका लागि सामान खरिदभन्दा ढुवानीमा बढी मूल्य तिर्नुपरेपछि भूकम्पप्रतिरोधी आवास निर्माणका लागि खर्चिलो भएको भन्दै स्थानीयहरु चिन्तित भएका छन्। 

भूकम्प प्रभावित बुद्ध तामाङले भने, ‘सामान किन्न भन्दा ढुवानी गरेर लैजान बढी पैसा तिर्नुपर्नेछ। हुने-खानेले त लगेर बनाउलान्, हामी जस्तो नसक्नेले अब कसरी घर बनाउने होला? सरकारले दिएको पैसाले त पुग्दै पुग्दैन।’

त्यसैगरी प्रतिबोरा एक हजार ५० रुपैयाँ परेको सिमेन्ट हाकु पुर्‍याउँदा १ हजार ७ सय ५० रुपैयाँ पर्ने हाकुका याङजेन तामाङले बताइन्। स्थानीय स्रोत–साधनको प्रयोग गरेर भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने भए पनि अन्य सामग्रीभन्दा ती सामग्री महँगो पर्न जाँदा पीडितले रड, सिमेन्ट र बालुवाको प्रयोग गरिएको उनको भनाइ छ। 

उनले भनिन्, ‘हाकुबेसीमा काठ ल्याउनभन्दा रड ल्याउन सस्तो पर्छ, ठूलोहाकुबाट हाकुबेशीसम्म एउटा टिम्बा काठ ल्याएको तीन हजार पर्छ, अनि कसरी बनाउन सक्नु?’

कामदार अभाव

भूकम्पपछिको पुनर्निर्माणले गति लिन थालेसँगै हाकुमा दक्ष कामदारको अभाव भएको छ। कामदारको अभाव देखिन थालेसँगै निजी आवास निर्माणमा सुुस्तता हुन सक्ने देखिएको छ।

दक्ष जनशक्तिको अभाव, ढुवानीको समस्या र निर्माण सामग्रीको अभाव लगायतको समस्यामा रहेको आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमादिण्डु तामाङले बताए। हाकुका भूकम्पपीडितमध्ये चैत मसान्तसम्ममा करिब डेढ सय लाभग्राहीले मात्र दोस्रो किस्ता बुझ्न सक्ने देखिएको असिस्टेन्ट सव–इञ्जिनियर शाहीको भनाइ छ। 

जोखिममा रहेको बस्ती भन्दै लामो समयसम्म अनुदान सम्झौता हुन नसकेको हाकुमा भदौमा मात्र अनुदान सम्झौता भएसँगै पीडितहरुले निजी आवास निर्माणलाई जोड दिएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्