काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिजन्य विषयप्रति प्रकट भएका जनताको टिप्पणीलाई ध्यान दिन र सच्याउन आवश्यक रहेको बताएका छन्।
दोस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा उनले भने, “आगामी दिनमा आयोग सबैसँग सुमधुर सम्बन्ध र समन्वय हासिल गर्ने कार्यमा आफ्नो विश्वसनीयता अभिवृद्धि गराउन समर्थ हुने अपेक्षा गर्दछु।”
मुलुकका हालैका सबै निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र निर्वाचनमा प्राप्त अनुभवले निर्वाचन प्रक्रिया थप जनमैत्री बनाउँदै जानुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “अन्तर्राष्ट्रियस्तरमा भएका आवधिक निर्वाचनका मूल्य मान्यतानुरुप स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनको व्यवस्थापन गर्नु नै आयोगको प्रमुख चुनौती रहेको छ।”
राजनीतिक स्थायित्व र जनताको जीवनस्तर माथि उठाउन अब सबैले देशको दु्रततर सामाजिक र समावेशी आर्थिक रुपान्तरणमा परिचालित हुनैपर्नेमा जोड दिँदै उनले भने, “आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धन गर्दै सुखी नेपाली र समृद्ध नेपालतर्फ हाम्रा पाइला केन्द्रित हुनुपर्छ।” रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।